रविसँग बिपी कोइरालामा जस्तै हुटहुटी छ : स्वर्णिम वाग्ले

रविसँग बिपी कोइरालामा जस्तै हुटहुटी छ : स्वर्णिम वाग्ले

काठमाडौँ । रास्वपाका नेतासमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालासँग तुलना गरेका छन्।

चितवनमा आइतबार भएको एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वाग्लेले वि।सं। २०१५ सालमा बिपी कोइरालामा जस्तो हुटहुटी थियो अहिले रास्वपा सभापति लामिछानेसँग पनि त्यस्तै हुटहुटी रहेको बताए ।

उनले भने, ‘०१५ सालको भिजन भएको, ऊर्जा भएको, आदर्श भएको यो देशलाई एउटा निश्चित समय सीमाभित्र यहाँ पुर्‍याउँछु भन्ने बिपीको हुटहुटीलाई तुलना गर्न मिल्छ । त्यो भिजन, त्यो महत्त्वाकाङ्क्षा देशलाई यहाँ पुर्‍याउनपर्छ भन्ने मिसनमा तुलना गर्न मिल्छ।’

बिपीबारे स्वर्णिमले यस्तो तुलना गरेपछि उनको आलोचनासमेत हुँदै आएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com