रवि लामिछानेमाथि खोया प्रहार भएको देखिएनः प्रहरी

रवि लामिछानेमाथि खोया प्रहार भएको देखिएनः प्रहरी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई खोया प्रहार गरेको आरोपमा पक्राउ परेका सन्तोष रानाभाट रिहा भएका छन् । प्रहरीले उनलाई हिजाे मंगलबार साधारण तारेखमा रिहा गरेको हो । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले रानाभाटले लामिछानेलाई नियतबस खोया प्रहार गरेको पुष्टि नभएको बताए ।

रानाभाटले आफूले खोया हानेको नभई मकै खाएर फाल्दा भुलबस लामिछानेतिर गएको बयान प्रहरीमा दिएका छन् । गत ८ पुसमा पोखरामा आयोजित एक कार्यक्रममा लामिछानेले भाषण गरिरहेका बेला लमजुङको राइनास नगरपालिका–८ भाटगाउँका स्थायी बासिन्दा रानाभाटले खोया प्रहार गरेका थिए ।

प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिएकामा लामिछानेले रानाभाटलाई केही नगरी छाडिदिन आग्रह गरेका थिए । तर, शान्ति भंग गरेको आरोपमा प्रहरीले उनलाई हिरासतमा राखेको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com