५४ हजार मत कटाउँदै रवि लामिछाने विजयी

५४ हजार मत कटाउँदै रवि लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी भएका छन् । गत मंसिर ४ को भन्दा धेरै मत ल्याउँदै उनी उपनिर्वाचनमा विजयी भएका हुन् । मतपरिणामअनुसार ५४ हजार १७६ मत प्राप्त गर्दै लामिछाने निर्वाचित भएका हुन् ।

उनले निकतटम् प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गरेका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई लामिछानेले ४२ हजार ९६२ मतले पराजित गरेका हुन् । श्रेष्ठले ११ हजार २१४ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेका छन् । वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको थियो ।

यसअघि गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछानेले ४९ हजार २६४ मत ल्याउँदै चितवन-२ बाटै निर्वाचित भएका थिए । त्यसबेला उनले निकतटम् प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतले पराजित गरेका थिए । उमेश श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए । लामिछानेले यसपटक मंसिर ४ को निर्वाचनमा भन्दा धेरै मत पाएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com