रवि लामिछानेको जीत सुनिश्चित

रवि लामिछानेको जीत सुनिश्चित

काठमाडौँ । चितवन-२ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो मतको अग्रता कायम गरेका छन् ।

रविले ४५ हजार ८४२ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काँग्रेसका जीत नारायण श्रेष्ठले ८ हजार ४२५ मत ल्याएका छन्। लामिछाने र श्रेष्ठबीचको मतान्तर ३३ हजार ८०९ रहेको छ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत प्राप्त गरेका छन्। अब गन्न बाँकी मत २१ हजार मात्र रहँदा लामिछानेको जीत सुनिश्चितजस्तै भएको छ। आइतबार भएको उपनिर्वाचनमा ७८२७७ मत खसेको थियो।

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com