जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा : सभामुख घिमिरे

जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

शनिवार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले बहुदलिय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने बतउनु भयो ।

उहाँले सांसदहरुलाई असल संवैधानिक र संसदीय अभ्यास अँगाल्न आग्रह गर्नुभयो । उहाँले वगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा सदा गरिमायुक्त बनाउनु आफ्नो पहिलो दायित्व भएको बताउनु भयो ।

उहाँले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले प्रतिनिधि सभा सांसदहरुलाई सभामा प्रश्तुत हुँदा रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताको लागि आग्रह गर्नुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com