सडक सुरक्षा सबैको दायित्वको विषय हो : उपप्रमुख डङ्गोल

सडक सुरक्षा सबैको दायित्वको विषय हो : उपप्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० समापन कार्यक्रममा उनले दुर्घटना कति बेला कहाँ हुन्छ भन्ने थाहा नहुने त्यसको लागि आफै सचेत हुनु पर्ने बताएकी हुन् ।

उनले भनिन् ,‘हामी प्रहरीलाई दोष लगाइरहेका हुन्छौँ । सडक सुरक्षा सबैको दायित्वको विषय हो । हतार करणले गर्दा गन्तव्यमा पुग्न सकिँदैन । ’

उनले हरेक दिन सडक दुर्घटनामा परि ६ देखि ७ जनासम्मले आफ्नो ज्यान गुमाएका हुन्छन् जो धेरैको लागि यो अङ्कमा मात्र सीमित हुन्छ ,तर उ र उसको परिवारको लागि यो अङ्ग पछाडि ठुलो पीडा हुने बताएकी छन् ।

हरेक दिन १५ देखि १६ जना घाइते हुने गरेका छन् जसले गर्दा जिन्दगीभर पीडा हुने उनको भनाई छ । उनले महानगरले यातायातलाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताएकी छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com