सुदन किरातीलाई मन्त्रीबाट बर्खास्त गर्न राप्रपाको माग

सुदन किरातीलाई मन्त्रीबाट बर्खास्त गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने उल्लेख गर्दै मन्त्री किरातीको राजिनामा माग गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्ति प्रति गम्भिर आपत्ति प्रकट गर्दछ। संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हॅुदैन’, ‘त्यसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसंग राप्रपा जोडदार माग गर्दछ।’

हिजो बुधबार मन्त्री किरातीले एक कार्यक्रमा “क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्” भनि एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरि गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी अभिव्यक्ति दिएको राप्रपाको भनाइ छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com