राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने

राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आईतवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता बुद्धिमान तामाङले यस्तो बताउनुभएको हो ।

उहाँले आजको बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहनुभएका उपाध्यक्ष ध्रुव प्रधानले प्रतिनिधि सभाको पहिलो र विश्वासको मत लिने दिनको बैठकको बारेमा पार्टीका सांसदहरुलाई जानकारी गराउनुभएको बताउनु भयो । उहाँले प्रतिनिधि सभाको पहिलो बैठक र विश्वासको मतका बारेमा आजको बैठकमा छलफल केन्द्रित भएको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘खास गरेर हाम्रो संसदीय दलको बैठक संसदीय दलका नेता पार्टी अध्यक्षको नेतृत्वमा बस्यो । सो बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहनुभएका हाम्रा उपाध्यक्ष ध्रुव प्रधानजीले भोलि र पर्सिको कार्यक्रमहरु बारेमा जानकारी गराउनु भयो । त्यही विषयमा छलफल भयो । सरकार बनाउन हामीले पहल गरेको नेतालाई नै विश्वासको मत दिन्छौँ । तर निर्णय भने भइसकेको छैन ।’

नेता तामाङले आफूले सरकार बनाउनका लागि पहल गरेका नेतालाई विश्वासको मत दिने भएपनि पार्टीबाट औपचारिक निर्णय भने भइ नसकेको बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com