रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्य प्रगति विवरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले बताए ।

उनका अनुसार बैठक माघ ३ गते केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ । रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका छन् ।

‘पदयात्रा गर्ने भन्ने छ । कुन कुन आयोजनामा गर्ने र नेताहरू को कता खटिने भन्ने चयन गर्नुपर्नेछ,’ महामन्त्री ढकालले भने । यसअघि सभापति रवि लामिछानेले नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडकमा पैदल यात्रा गरेका थिए ।

सो पैदल यात्राबाट जनतासँगको राम्रो सम्बन्ध र सम्पर्क बनेको भन्दै रास्वपाले थप पैदल यात्राहरू गर्न लागेको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com