उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाले बोलायो बैठक

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाले बोलायो बैठक

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको हो ।

रास्वपाका एक नेताका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिनेछ । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ भने हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरेको छैन ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झा उम्मेदवार छन् । अर्का उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेकी छन् । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com