रास्वपाको बैठक स्थगित

रास्वपाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो । तर निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनमा रास्वापाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो । शुक्रबार १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार छन् ।

प्रमिलाले उम्मेदवारी फिर्ता लिएको र रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com