ढाका कुमारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

ढाका कुमारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज अनुशासन आयोगको बैठक बोलाएको छ ।

आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ बारे छलफल गर्न रास्वपाले मंगलबार बिहान ११ बजेका लागि आयोगको बैठक बोलाएको हो ।

पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्ने रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले जानकारी दिए । उनका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन् ।

स्पष्टीकरणमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको दाबी गरेका छन् । तर, सोमबार नै ढाका कुमार जोडिएको अर्को अडियो सार्वजनिक भएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com