सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् ।

सभापति लामिछानेले शुक्रवार सांसदको शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताले मत दिएको उल्लेख गर्दै त्यो विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले यसमा आफूहरूको आपत्ति रहेको बताए । उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पार ।

आफूहरूले देशमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे फेरि मूल्याङ्कन गर्नुपर्ने अवस्था रहेको उनले बताए । शुक्रवार सभामुख देवराज घिमिरेले चितवन-२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ-१ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com