सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन कामयै राख्ने भएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

गठबन्धन बदलिने संकेत देखेकाले यसअघि सरकारबाट बाहिरिने निर्णय गरेकाे र सरकारलाई दिएको समर्थन भने कायमै राखेकाे बैठकका निर्णयबारे जानकारी दिँदै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा पनि छलफल भएको छ । अझै समय बाँकी भएकाले कुनै निर्णय नगरिएको बुर्लाकोटीको भनाइ छ । ‘आठ दलीय गठबन्धनबाट पनि सहयोगका लागि आग्रह भएको छ, एमालेले पनि पत्र पठाएरै सहयोग मागेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमतिका लागि पहल भइरहेको छ । यसमा पछि निर्णय गर्छौँ ।’

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com