रबी बिरुद्ध मुद्धा हालेर चर्चामा आएका सफलले गरे मोर्चाको घोषणा

रबी बिरुद्ध मुद्धा हालेर चर्चामा आएका सफलले गरे मोर्चाको घोषणा
user

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेबिरुद्ध मुद्धा हालेर चर्चामा आएका युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा गठन भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पौडेलको नेतृत्वमा  समाजवादी मोर्चा घोषणा गरिएको हो । पौडेलेको संयोजकत्वमा नौं सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरिएको छ, जसमा सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल सदस्य रहेका छन् ।

‘समाजवादमा विश्वास राख्ने आम समाजवादी शक्तिहरुलाई समेत नेपाल समाजवादी मोर्चामा ल्याउन विभिन्न अन्तरक्रिया, गोष्ठी र बैठक लगायतका कार्यक्रमको आयोजना गरिने छ । मोर्चामा सबैलाई समावेश गरिने छ,’मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com