समाजवादी मोर्चा सत्ता बार्गेनिङको हतियार बन्न हुदैँन: डा भट्टराई

समाजवादी मोर्चा सत्ता बार्गेनिङको हतियार बन्न हुदैँन: डा भट्टराई
Published on
Updated on

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सोमवार घोषणा भएको समाजवादी मोर्चाको निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी सक्तीहरूसँग बार्गेनिङ्को हतियार बन्न नहुने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले मोर्चा, सत्ता बार्गेनिङको अंश बन्न नहुने भन्दै सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का राख्न सुझाव पनि दिएका छन् । उनले लेखेका छन्, कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्, केहीलाई सधैँ र धेरैलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।

जालझेलले समाजवादको निर्माण नहुने भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले मोर्चा संसदीय अंकगिणत मिलाएर वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिकताले बन्ने बताए ।

समाजवाद संसदीय अङ्कगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन । यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो । उनको भनाई छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा समाजवादी मोर्चा गठन भएपश्चात् भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com