पोर्चुगलको राजदूतमा सनिल नेपाल सिफारिस

पोर्चुगलको राजदूतमा सनिल नेपाल सिफारिस

काठमाडौं । सरकारले पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम सिफारिस गरेको हो । 

कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा चिनिएका उजले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेको अनुभव छ । 

त्रिभुवन विश्वविद्यालयबाटै मानवीकी संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुन् ।  

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com