
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यादवले आजै सत्तारूढ दल नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
१०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन रहेको छ।
मधेस प्रदेशको मुख्मन्त्री जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको गरेका छन्। प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय भोलिसम्मका लागि तोक्नुभएको थियो ।