कांग्रेस–माओवादीबीच सिट बाँडफाँड छलफल निष्कर्षविहीन

कांग्रेस–माओवादीबीच  सिट बाँडफाँड छलफल निष्कर्षविहीन

काठमाडौं । सत्तारुढ माओवादी केन्द्र र कांग्रेसबीच आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको सिट भागबन्डा गर्ने विषयमा छलफल गरेका छन् । 

मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका कांग्रेसका नेता र सरकार नेतृत्वकर्ता दल माओवादीका नेताबीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि गठबन्धन गरेर जाने विषयमा छलफल भएको हो ।

माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन र कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता रमेश लेखक सहभागी बैठकमा यसअघिको मतभार, अहिलेको अवस्थालाई आधार मानेर सिट बाँडफाँट गर्ने विषयमा छलफल भएको छ । 

यद्यपि, गठबन्धनका अन्य दलसँगको छलफलपछि मात्रै टुंगो पुग्ने उनीहरुको तयारी छ । राष्ट्रिय सभा सदस्य  चयनका लागि आउँदो ११ माघमा निर्वाचनमा हुँदै छ भने २३ पुसमा उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ । तर, यसअघि नै सिट भागबन्डाको टुंगो लगाउन गठबन्धनका नेताहरुले छलफल थालेका हुन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com