राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

काठमाडौं । राप्रपाको कार्यसम्पादन समिति बैठकमा सातवटा एजेण्डा प्रस्तुत गरिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न सातवटा एजेण्डा प्रस्तुत गरेका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  जानकारी दिए । 

बैठकमा राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापनालगायत जनजीविकाबारे राप्रपाले जनदबाब र आन्दोलन गर्ने विषयमा आन्दोलनको स्वरुप तयार पार्न गठित कार्यदलको तर्फबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनको आवश्यकता, औचित्य सम्बन्धी ड्राफ्ट बैठकमा पेश गरेका उनले बताए । 

प्रवक्ता श्रेष्ठका अनुसार उक्त ड्राफ्टमाथि प्रारम्भिक छलफल सुरु भएको र अन्य एजेण्डामाथि छलफल हुने क्रम जारी छ। अर्काे बैठक बिहीबार बिहान ८ बजे पुनः बस्ने उनले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com