दिनेश कोइरालालाई निशर्त केन्द्रीय समितिमा फर्काउन शेखर समूहको दबाब

दिनेश कोइरालालाई निशर्त केन्द्रीय समितिमा फर्काउन शेखर समूहको दबाब

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षले दिनेश कोइरालालाई केन्द्रीय कार्य समितिमा पुनस्थापित गर्न नचाहेपछि शेखर-गगन समूहले यसलाई बटमलाइन बनाउने भएको छ । कोइरालमाथिको कारबाही फिर्ता भए पनि केन्द्रीय सदस्य पद फिर्ता भएको छैन ।

गत प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवार बनेका कोइरालालाई एमालेले समर्थन गरेर आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेलाई फिर्ता गरेको थियो । कोइरालाले १२ हजार २७५ मत पाएका थिए ।

चितवन २ मा उपचुनावका बेला काँग्रेसले दिनेश कोइरालासहित सबै बागी तथा बागीका समर्थकहरूको कारबाही फिर्ता गरेको थियो । कोइरालाको कारबाही फिर्ता भए पनि केन्द्रीय सदस्य कायम नगराउन संस्थापन पक्षले प्रयास गरिरहेको समीक्षा शेखर समूहको भेलामा भएको छ ।

कोइराला पनि भेलामा सहभागी छन् । उनी केही दिनअघि बालकृष्ण खाँणलाई भेट्न केन्द्रीय कारागारसमेत गएका थिए । शेखर पक्षले दिनेशलाई निशर्त केन्द्रीय समिति बैठकमा सहभागी गराउन सभापतिसमक्ष माग गर्ने भएको छ ।

भेलामा मिनेन्द्र रिजाल पनि सहभागी

काठमाडौँ । डा. शेखर कोइरालाले बोलाएको संस्थापन इतर पक्षको छुट्टै भेलामा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपाली, दिनेश कोइरालालगायत कोइराला पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सहभागी छन् ।।

शेखर-गगन समूहको भेलामा यसअघि कतैतिर नखुलेका र देउवाले केन्द्रीय कार्य समिति सदस्य मनोनीत गरेपछि उनैतिर ढल्किएको भनिएका मिनेन्द्र रिजालसमेत सहभागी भएका छन् । त्यस्तै चितवनमा स्वतन्त्र उम्मेदवार बनेर एमालेको समर्थनमा चुनाव लडेपछि कारवाहीमा परेका दिनेश कोइराला पनि भेलामा सहभागी छन् । इतर पक्षको भेलामा नेता कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाए पनि सहभागी भएनन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com