सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैनः सांसद श्रेष्ठ

सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैनः सांसद श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताउनुभएको छ ।

शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरुले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले विगतमा सभामुखबाट दल फुटाउने भुमिका खेलेको भन्दै अबको सभामुखबाट कुनैपनि त्यस्तो अपेक्षा नरहेको र गर्नुहुन्न भन्ने विश्वास रहेको बताउनु भयो ।

उहाँले सभामुख र उपसभामुखले संसदमा एउटा रेफ्रीको भुमिका निभाइ निष्पक्ष र स्वतन्त्र रुपमा सदन सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

सांसद श्रेष्ठले सत्ता गठबन्धनबाट उपसभामुख पदकी साझा उम्मेदवार इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन पन िआग्रह गर्नुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com