सभामुख घिमिरे बहराइन जाने

सभामुख घिमिरे बहराइन जाने

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे ९ सदस्यीय टोलीको नेतृत्व गर्दै बहराइन जाने भएका छन् । यही फागुन २७ गतेदेखि चैत २ गतेसम्मका लागि बहराइनमा हुन लागेको अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) को १४६ औँ महासभामा भाग लिनका लागि फागुन २७ गते त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

सभामुखको नेतृत्वमा रहेको भ्रमण टोलीमा प्रतिनिधिसभाका महासचिव डा।भरतराज गौतम, सचिव गोपालनाथ योगी, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रियसभा सदस्य इन्दू कँडरिया रहनेछन् ।

यस्तै सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई, शाखा अधिकृत राजन घिमिरे पनि भ्रमण टोलीमा रहेका छन् । अन्तर व्यवस्थापिका सङ्घ विश्वभर रहेका देशहरूका सांसदहरूको महासभा हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com