संसद अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ : रोजनाथ पाण्डे

संसद अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ : रोजनाथ पाण्डे
Published on
Updated on

काठमाडौं । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिन भित्र सम्पन्न गर्नेगरी कानूनमा व्यवस्था भएकाले सोही अनुसार संसद सचिवालयले एजेण्डाहरु अघि बढाउने बताउनु भयो ।

उहाँले संसद भवनमा १ बजेका लागि नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुने बताउनु भयो । उहाँले बानेश्वरको आइसीसी हलमा सांसदहरुको शपथग्रहण ज्येष्ठ सदस्य पशुपति समशेर जबराले गराउनुहुने बताउनु भयो ।

उहाँले मातृ भाषामा शपथग्रहण गर्न चाहने सांसदहरुले पूर्व सूचना दिएपछि मात्रै मातृभाषामा शपथग्रहण गराइने बताउनु भयो ।

वक्ता पाण्डेले शपथग्रहणपछि संसदमा सहभागी राजनीतिक दलहरुले संसदीय गतिविधिहरु औपचारिक रुपमा अघि बढाउन सक्ने पनि बताउनु भयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com