एसएसपी लुइँटेलले दिए राजीनामा

एसएसपी लुइँटेलले दिए राजीनामा

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मधुसुदन लुइँटेलले राजीनामा दिएका छन् । एसएसपी लुइँटेललेअनिवार्य अवकाशमा जानु अगाडि नै राजीनामा दिएका हुन्

प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सहनिर्देशक रहेका लुइँटेल मंसिर ६ गते अनिवार्य अवकाशमा जाँदै थिए । तर, उनले अवकाशको १५ दिनअघि नै राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

एसएसपी लुइँटेलले घरायसी कारण देखाउँदै राजीनामा दिएको बताइएको छ । एसएसपीबाट डीआईजीपीमा बढुवा हुन पाएको भए उनले थप एक वर्ष सेवा गर्न पाउने थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com