रेशम चौधरीलाई जन्मकैदको सजाय दिने सर्वोच्चको फैसला

रेशम चौधरीलाई जन्मकैदको सजाय दिने सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले हुने उच्च अदालत दिपायलको फैसला नै सदर गर्दै चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो ।

०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारु वान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । टिकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई आज मङ्गलवार सर्वोच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com