रास्वपाका स्वर्णिमले कटाए १० हजार मत

रास्वपाका स्वर्णिमले कटाए १० हजार मत
Published on
Updated on

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले १८ हजार ६ सय ६१ मत गणना गर्दा दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १० हजार २ सय ५९ मत प्राप्त गरेका छन् ।

वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गरेका छन् । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ ।

त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ७ सय ९७ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com