धरौटी रकम बुझाएपछि टेकनाथ रिजाल रिहा

धरौटी रकम बुझाएपछि टेकनाथ रिजाल रिहा
Narayan Maharjan

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर रिहा भएका छन् ।

सो मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर हिजो रिहा भएका हुन् । उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहेका उनी धरौटी बुझाएपछि हिजो रिहा भएको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए । धरौटी रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झण्डै एक महिना कारागारमा रहनुपर्‍यो ।

काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएपनि सार्वजनिक बिदा भएका कारण रिजाललाई हिजो मात्रै रिहा गरिएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com