भूकम्पका कारण पेटभित्रै निधन भएको शिशु शल्यक्रिया गरी निकालियो

भूकम्पका कारण पेटभित्रै निधन भएको शिशु शल्यक्रिया गरी निकालियो
Published on
Updated on

बाँके । भूकम्पका कारण आमाको पेटभित्रै निधन भएकाे शिशुलाई शल्यक्रिया गरी निकालिएको छ ।

बाँकेको भेरी अस्पतालमा शल्यक्रिपछि शिशु निकालेसँगै आमाको ज्यान बचाउन सफल भएको हो । भेरीमा भूकम्पका ४३ घाइतेको उपचार भइहरेको छ । सरकारले भेरी अस्पताललाई भूकम्पका बिरामी उपचार गर्ने डेडिकेटेड अस्पताल तोकेको छ ।

हालसम्म गम्भीर अवस्थाका भएका सात जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । ७ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला आपतकालीन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउ ।

३९ घाइतेको अवस्थामा भने सुधार छ । एक जना उपचारपछि स्वाथ्यलाभ गरी घर फर्किएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com