प्रतिनिधिसभामा बजेटमाथि आजदेखि छलफल हुने

प्रतिनिधिसभामा बजेटमाथि आजदेखि छलफल हुने

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबारदेखि बजेटमाथि छलफल सुरु हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत आयब्यय अनुमानमाथि छलफल सुरु हुने संसद सचिवालयले जनाएको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्नुभएको थियो । बजेट पेश भएपछि प्रतिनिधिसभाको बैठक पहिलो पटक बस्न लागेको हो । बजेटमा ब्यवस्था गरिएका कतिपय करका दर र नयाँ ब्यवस्था विवादित बनेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com