सन्दीपविरुद्धको मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा

सन्दीपविरुद्धको मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएकाे सुनुवाई बुधबार पनि हेर्दाहेर्दैमा सकिएको छ ।

गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ । जाहेरवालातर्फबाट १० जनाले बहस गरेपछि प्रतिवादी सन्दीपका तर्फबाट बहस सुरु भएको थियो ।

अधिवक्ता मुरारी सापकोटाले बहस गरिरहेका बेला बुधबारको समय सकिएको थियो । अब बिहीबार सन्दीपका कानुन व्यवशायीले बहस गर्नेछन्। प्रतिवादीका कानुन व्यवशायीको बहस सकिएपछि जाहेरवालातर्फबाट फेरी जवाफी बहस हुनेछ ।

त्यसपछि न्यायधिशले फैसला सुनाउनेछन् ।

जाहेरवालातर्फबाट दुई जना सरकारी वकिल र ८ जना निजी वकिलले बहस गरेका छन् । सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ, शम्भु थापा, कृष्ण सापकोटालगायतले बहस गर्ने तयारी छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com