एमाले स्थायी कमिटी बैठकपछि केन्द्रिय समिति बस्ने

एमाले स्थायी कमिटी बैठकपछि केन्द्रिय समिति बस्ने

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक जारी छ । पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि केन्द्रिय समिति बैठक अघि स्थायी कमिटी बैठक बोलाईएको हो ।

गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको बार्षिक कार्ययोजना बनाउन लागेको हो । प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने बार्षिक कार्ययोजना केन्द्रिय समितिमा पेश गरी पारित गरिनेछ ।  

शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । 

सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रिय समिति बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com