सङ्घसँग छिनोफानो गर्न सातै प्रदेशका मुख्यमन्त्री हेटौडामा भेला हने

सङ्घसँग छिनोफानो गर्न सातै प्रदेशका मुख्यमन्त्री हेटौडामा भेला हने

काठमाडौँ। सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सङ्घ सरकारसँग छिनोफानो गर्न भन्दै हेटौँडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक हुने भएको छ ।

आउँदो पुस १३ गते बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्यमन्त्रीहरूको बैठक हुने भएको हो । गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि सङ्घले तदारुकता नदेखाएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

सङ्घीयता कार्यान्वयनका जटिलता फुकाउने भन्दै पोखरामा मुख्यमन्त्री पाण्डेको नेतृत्वमा भएको समन्वय परिषद्को बैठकले मुख्य ६ वटा निर्णय गरेको थियो ।

विभिन्न समिति गठन गर्दै ६ महिनाभित्र सङ्घीयताको गाँठो फुकाउने बैठकको निर्णय थियो । ६ महिनाको समयसीमा पुस १५ गते सकिँदै छ । त्यसको २ दिन अगाडि नै हेटौँडामा बैठक राखेर छिनोफानो गर्न लागेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

सङ्घ सरकारसँग सङ्घीयता कार्यान्वयनका बारेमा छिनोफानो गर्ने मनस्थितिमा पुगेरै बैठक राखिएको बताइएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले अब यसरी नै अगाडि बढ्न नसक्ने बताएका हुन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com