शान्ति र संविधानमाथिको प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वदलीय बैठकको निष्कर्ष

शान्ति र संविधानमाथिको प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वदलीय बैठकको निष्कर्ष

काठमाडौँ । प्रमुख राजनीतिक दलले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध भएको बताएका छन् ।

सिंहदरवारमा बसेको सर्वदलीय बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्षसमेत निकालेको हो ।

बैठकपछि माओवादी केन्द्रीकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताइन् ।

उनले राजनीतिक परिवर्तनको सापेक्षतामा जनता सन्तुष्ट भने नभएको अहिलेको परिवेशमा दल, सरकारी निकाय र सरोकारवाला बसेर वर्तमान आर्थिक चित्र प्रस्तुत गरी निष्कर्षमा पुर्‍याउने गरी योजना बनाउन प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको बताइन् ।

एमाले सचेतक महेश बर्तौलाले पार्टीले सरकारका अकर्मण्यताले छाडातन्त्र मौलाएको, गृह प्रशासन कमजोर भएको विषयमा ध्यानाकर्षण गराएको जानकारी गराए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com