फेरि सर्‍यो काँग्रेस महासमिति बैठक

फेरि सर्‍यो काँग्रेस महासमिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठक फेरि सरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने काँग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

यसअघि मंसिरको १३-१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको उनले बताए ।

विश्वकर्माले भने, ‘पहिला हामीले महासमितिको बैठक मंसिरको १३-१५ भन्यौँ । विभिन्न कारणले केही दिन धकेलियो । कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ । तर, तिथि मिति हेर्दा फेरि पनि बदल्नु परेको हो । अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौँ ।’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com