दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक

दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसले महासमिति बैठकको मिति दुई साता पछि सार्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

तत्कालै हलको अभाव र भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति बैठकको तयारीका थुप्रै काम प्रभावित भएकाले बैठक सारिएको काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दुःखद घटनाका रूपमा लिँदै प्रभावितलाई तत्काल उद्धार, राहत र पुनपनाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com