सभामुखको उम्मेदवारीका लागि काँग्रेसले प्रधानमन्त्रीको धारणा कुर्ने

सभामुखको उम्मेदवारीका लागि काँग्रेसले प्रधानमन्त्रीको धारणा कुर्ने

काठमाडौं । नेपाली काँग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ ।

बुधवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सभामुखको लागि उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यो बीचमा अन्य दलहरुसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको काँग्रेस प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले बताउनु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरु चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा काँग्रेस रहेको पनि बताउनु भयो ।

उहाँले बैठकमा सर्वदलीय बैठकमा भएका कुराहरुका बारेमा उपस्थित नेताहरुले बैठकमा जानकारी गराएको र अन्य दलहरुसँगको छलफलबाट निस्कर्ष आएपछि काँग्रेसले दलहरुसँग गरेको सहमतिका आधारमा सभामुखको लागि उम्मेदवारी दिने बताउनु भयो । प्रवक्ता महतले काँग्रेस समझदारीबट भए समझदारीकै रुपमा अघि बढ्ने र समझदारीबाट नभए पनि उम्मेदवारी दिने पक्षमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आजै सभामुखको उम्मेदवारीको बारेमा उम्मेदवारी दर्ता प्रक्रिया अघि बढ्ने संसद सचिवालयले व्यवस्था गरेको छ । त्यस विषयलाई लिएर हाम्रो छलफल भयो । हिजो सर्वदलीय बैठकमा भाग लिन जानुभएका साथीहरुले त्यहाँ भएका कुराहरु राख्नुभयो । अझै दर्ता समय केही बाँकी छ, यो बीचमा अन्य दलहरुसँग छलफल गर्ने र उम्मेदवारीका बारेमा पनि टुंगो लगाउने र अन्य दलहरुसँगको निस्कर्ष पनि आइसक्छ । त्यसका आधारमा हामीले अन्य दलको सहयोग लिएर उम्मेदवारी दर्ता गर्नेछौँ ।

व्यक्ति टुंगो लगाउने कुरामा आन्तरिक सहमति भइसकेको छ । अहिले कुन दलबाट सहयोग लिन सकिन्छ भनेर अन्य दलको सहयोगका लागि यो बीचको समय उपयोग गर्नेछौँ । हामी जसपा, एकीकृत समाजवादीसँग पनि कुरा गर्छौं, प्रधानमन्त्रीको पार्टीसँग पनि छलफल गर्नेछौँ । अन्तिम कुरा पनि बाँकी नै छ ।

अन्य सहयोगी दलहरुसँग छलफल गर्नेछौँ र त्यसका हिसावमा हामी उम्मेदवारी दिन्छौँ । समझदारीबाट बढ्दा एक किसिमले र नहुँदा अर्को किसिमबाट अघि बढ्छौँ । भुमिका सुनेर हामी बस्दैनौँ । हामी समझदारीमा निस्कर्ष निस्कियोस् भन्ने पक्षमा छौँ, किनभने यी पदहरु संवैधानिक पद हुन्, संविधानको रक्षा गर्नुपर्ने हुन्छ । त्यसैले प्रधानमन्त्रीले केही समय माग्नुभएको छ । त्यसलाई पनि हामी पर्खिनेछौँ ।’

प्रवक्ता महतले जनता समाजवादी पार्टी, नेपाल र नेकपा ९एकीकृत समाजवादी० काँग्रेसलाई सहयोग गर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com