
जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले संविधानको उचित कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा भएका प्रावधानहरु समेत अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउनु भयो ।
उहाँले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नसकेको, आर्थिक र वित्तिय प्रणाली पनि हामीले संघीय शासनप्रणाली अन्तर्गत हस्तान्तरण गर्न नसक्नु दुःखद् भएको बतउनु भयो ।
उहाँले संघको बारमो उल्टो परिभाषा गरेर प्रदेशलाई कमजोर बनाउन लागिएको बताउनु भयो । उहाँले केन्द्रिकृत शासनप्रणाली कहीँ न कहीँ पहिलेकै दिशातिर फर्काउने सोच भइरहेको जस्तो महशुस गरेको बताउनु भयो ।
उहाँले संघीयताको कार्यान्वयन गर्ने प्रतिवद्धता वर्तमान सरकारले पूरा गर्नुपर्ने भन्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने त्यसका लागि विभिन्न कानून निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।
संसदीय दलका नेता यादवले अहिलेसम्म निजामति सेवा ऐन, प्रहरी सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएको भन्दै आपत्ति जनाउनु भयो ।