
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव एवम राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले वर्तमान सरकारले संकटमा रहेको अर्थतन्त्रलाई सही दिशामा ल्याए पुग्ने बताउनुभएको छ ।
सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्र्दै भुसालले विगतमा प्रतिपक्षमा बसेर उठाए मुद्दालाई सम्बोधन वर्तमान सरकारले गरे पुग्ने बताउनुभएको हो । उहाँले सरकारले अर्थतन्त्रलाई लयमा ल्याउने हो भने कृषि क्षेत्रलाई ध्यान दिन सुझाव दिनुभयो ।
भुसालले अहिले कृषि क्षेत्र नै सबै भन्दा प्रभावित रहेको बताउनु भयो । उहाँले सरकारले मूल्य ताकेर किसानले उत्पादन गरेको धान सरकारले खरिद गर्नुपर्ने बताउनु भयो । भुसालले उखुको अहिलेसम्म सरकारले मूल्य तोक्न नसकेको भन्दै तत्काल उखुको मूल्य तोक्न माग गर्नुभयो ।
उहाँले सरकारले उखु किसानमा समस्या समाधान पनि तत्काल समाधान गरिदिनुपर्ने बताउनु भयो ।