जेलमै भेट्न पुगेका रामचन्द्रसमक्ष रेशम चौधरीको खर्तनाक सर्त

जेलमै भेट्न पुगेका रामचन्द्रसमक्ष रेशम चौधरीको खर्तनाक सर्त

काठमाडौँ । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग भेटवार्ता गरेका छन् । केन्द्रीय कारागार डिल्लीबजारमा रहेका चौधरीलाई नेता पौडेलले भेटेका हुन् ।

उनले नेता पौडेललाई भोट हाल्नको लागि भेटवार्ताको क्रममा आफ्नो सर्त अघि सारेका छन् । उनले नेता पौडेलसमक्ष सुदूरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्नुपर्ने, टीकापुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने, गोदावरीमा रहेको राजधानीलाई टीकापुरमा राख्नुपर्ने, टीकापुर घटनाको दोषीलाई रिहाइ गर्नुपर्ने अडान राखेको स्रोतले बताएको छ ।

उनले आफ्नो रिहाइ नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने स्पष्ट सन्देश पठाएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com