बक्यौता किस्ताबन्दीमा बुझाउन विद्युत् प्राधिकरणले दियो ६० दिनको समय

बक्यौता किस्ताबन्दीमा बुझाउन विद्युत् प्राधिकरणले दियो ६० दिनको समय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल रकम बुझाउन ६० दिनको समय दिएको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै तिर्न बाँकी बक्यौता रकम ६० दिनभित्र किस्तामा तिर्न सकिने बताएको छ ।

प्राधिकरणको सञ्चालक समितिको गएको १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । विशेष व्यवस्था अनुसार बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिनेछ ।

यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com