स्थानीय र प्रदेश सरकारसँग समन्वयन गर्न संघीय सरकार प्रतिवद्ध छः गृहमन्त्री

स्थानीय र प्रदेश सरकारसँग समन्वयन गर्न संघीय सरकार प्रतिवद्ध छः गृहमन्त्री

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ ।

आज चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले सो कुरा बताउनु भएको हो । उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउन अनुरोध गर्नुभयो ।

संघीय सरकार, स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ । तर त्यसो भनेको अर्थ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न चै अनुरोध मात्रै गर्न जानकारी दिएर हुँदैन, उहाँको भनाइ छ ।

‘यो बारेमा मैले काठमाडौं महानगरपालिकाका प्रमुखलाई प्रस्ट भनेको छु तपाईले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी तथ्य रुप दिने गरी निष्कर्षमा त पुग्नु पर्‍यो नि,’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो- ‘तपाई आफैले मात्रै गर्न सक्ने काम भए तपाईंको कार्यक्षेत्रमा हामी कुनै पनि हस्तक्षेप गर्दैनौं । तर तपाईले प्रदेश सरकार र संघीय सरकारको संलग्नतामा कुनै सहयोग चाहिएको छ भने ती कुरालाई हामीले गर्ने प्रक्रियामा ठिक छ भन्ने तथ्य सम्वत छ भन्ने कुरा राख्नुपर्छ ।’

गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरका प्रमुख बालेनलाई समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउन पनि अनुरोध गर्नुभयो । मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने केही दिनअघि फेसबुकबाट घोषणा गर्दै संघीय सरकारले स्थानीय सरकारका कुरा नसुनेको र समन्वय नगरेको आरोप लगाउनु भएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com