
काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभातर्फको पहिलो बैठक सुरु भएको छ ।
संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि डाकिएको बैठकको अध्यक्ष जेष्ठ सदस्य पशुपति शमशेर जबराले गरेका छन्।
संसद सचिवालयले उक्त बैठकको कार्यसूचीमा ६ वटा विषय रहेका छन्।
जसमा राष्ट्रपतिले पठाएको संसद आह्वानसम्बन्धी पत्र पढेर सुनाइएको छ। राष्ट्रपतिबाटै पठाइएको प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठबनसम्बन्धी पत्र पढेर जबराले सुनाएका छन्।