सुदूरपश्चिम प्रदेशसभा दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते

सुदूरपश्चिम प्रदेशसभा दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन यही पुस १८ गतेका लागि आह्वान गरिएको छ।

प्रदेश सभा सचिवालयले आज सूचना जारी गर्दै १८ गते प्रदेश सभा बैठक आह्वान गरिएकाबारे जानकारी दिएको हो।

नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन १८ गते सोमबार दिनको १ बजेदेखि सुरु हुने गरी आह्वान गरेको सूचनामा उल्लेख छ।

प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले सञ्चालन गर्नुहुने छ । आज नवनिर्वाचित प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com