
काठमाडौं । दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थले संसदीय समितिहरुले दिएका अधिकांश निर्देशन सरकारले पालना नगरेको गुनासो गर्नुभएको छ ।
बिहीवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकपछि सभापति पन्थले संसदीय समितिहरुले दिएका अधिकांश निर्देशन सरकारले पालना नगरेको स्वीकार गर्नुभएको हो ।
उहाँले राष्ट्रिय सभा र प्रतिनिधि सभाका १६ वटा संसदीय समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन नगरेको पाइएको बताउनु भयो ।
उहाँले संसद र सरकार दुई फरक संस्था भएकाले एकले अर्काको क्षेत्राधिकार नमिचिने गरी निर्देशन हुँदा मात्रै कार्यान्वयन हुने गरेको बताउनु भयो । उहाँले कारले गर्ने काम समितिले गर्न खोज्दा निर्देशन दिँदा कार्यान्वयन नहुने गरेको बताउनु भयो ।
हाँले समितिले क्षेत्राधिकार नमिचिने गरी संसद आफ्नो क्षेत्रभित्र रहने गरी र सरकार संसदप्रति उत्तरदायी रहने गरी निर्देशन गर्नसके पालना हुने बताउनु भयो । उहाँले समितिले निर्देशन दिँदा प्रमाणका आधारमा अध्ययन गरेर निर्देशन गर्नसके प्रभावकारी हुने बताउनु भयो ।