तमु समूदायको परम्परालाई सरकारले उच्च सम्मान गर्छ : प्रचण्ड

तमु समूदायको परम्परालाई सरकारले उच्च सम्मान गर्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु समूदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताउनुभएको छ ।

तमु ल्होसारको अवसर पारेर शुक्रवार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।

उहाँले इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमु समूदायको पहिचान नेपालमा मात्रै नभई विश्वभर फैलिएको पनि स्पष्ट पार्नुभयो ।

तमु समूदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको सम्मान गर्ने कामलाई सरकारले प्राथमिकता राख्ने समेत बताउनु भयो ।

उहाँले तमु समुदाय विश्वभर इमान्दारिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित भएको समेत स्मरण गराउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले तमु ल्होसारका लागि सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले तमु ल्होसारको कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन पनि सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभयो ।

समारोहमा तुू समूदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीहरुसहितको नृत्य प्रश्तुत गरेका थिए । प्रधानमन्त्री दाहालले तमु समुदायको सांस्कृतिक झाँकीलाई जीवन बाँच्ने राष्ट्रिय पहिचानको मौलिक परम्पराको रुपमा चित्रण गर्नुभएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com