सरकारले संसदमा हचुवामा प्रश्ताव ल्याउनु हुँदैन : सांसद सुवाल

सरकारले संसदमा हचुवामा प्रश्ताव ल्याउनु हुँदैन : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रश्ताव ल्याउनु नहुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा सरकारले हचुवामा प्रश्तावहरु ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिनु नहुने बताउनुभएको हो । उहाँले संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागरे देशको लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गर्नुपर्ने बताउनु भयो । उहाँले गठबन्धन पद र पैसामा गर्नु नहुने भन्दै नेपालको हीत नहेर्नेहरु नेपाली नागरिक हुन नसक्ने बताउनु भयो । 

सांसद सुवालले एसपीपी र एमसीसी नेपालको हीत विपरित रहेको रहेको भन्दै किन खारेज नगर्ने भन्दै संसदमा प्रश्न उठाउनु भयो । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com