बालकुमारी घटनाका मृतक परिवारलाई सरकारले रोजगारी दिनुपर्छ : अध्यक्ष ओली

बालकुमारी घटनाका मृतक परिवारलाई सरकारले रोजगारी दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको बालकुमारीमा भएको घटनाका मृतक युवाका परिवारलाई सरकारले रोजगारी दिनुपर्ने बताएका छन् ।

ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले मृतक सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारजनका पीडाका खबर पढेर मन बेचैन भइरहेको छ। छोरा सुजनको अनायास हत्यापछि उनकी विधवा आमाको अवस्थाले मन पोल्छ । कोरिया जाने तयारीमा रहेका सन्तानको हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ । छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस् ।’

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com