पुस २७ को बिदा राजाका लागि होइन, देश एकीकरणका नायकको लागि हो : भट्टराई

पुस २७ को बिदा राजाका लागि होइन, देश एकीकरणका नायकको लागि हो : भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभइ नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताउनुभएको छ ।

सोमवार संसद बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले रुपमापुस २७ गते दिने सार्वजनिक विदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभएर नेपाल एकीकरण गर्ने एउटा नायकको सम्मान भएको बताउनुभएको हो । उहाँले पुस २७ गते धेरै महत्वपूर्ण राष्ट्रिय पर्व भएकाले सरकारले सार्वजनिक बिदा दिन स्वागतयोग्य भएको बताउनु भयो ।

उहाँले संसदमा राजनीतिक दलहरुको संख्या सत्ता शक्ति बदलियको भन्दै बदलिएको सन्दर्भमा सबै राजनीतिक दलहरुसँग सहमति कायम गरेर निजामति विद्येयकलाई अगाडि बढाउने बताउनु भयो ।

उहाँले नागरिकता विधेयकमा धेरै विवाद नभएको भन्दै अघिल्लो सरकारले एमालेसँग सहकार्य र संवाद नगरेका बताउनु भयो । उहाँले वर्तमान सरकारले नागरिकता विद्येयक पास गर्न प्रतिपक्ष दलसँग समेत संवाद गर्ने बताउनु भयो ।

उहाँले मेलमिलाप तथा सत्य निरुपण विधेयक ल्याउँदा प्रतिपक्ष दलहरुलाई सहमतिमा ल्याउने प्रयास गर्ने बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com