प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा बिधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा बिधेयकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसाे १ बजे बाेलाइएकाे छ । 

 संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राइले बिधालय शिक्षा बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव माथी उठेका प्रश्नहरूको जवाफ दिनेछन । 

साथै, सभामुख देवराज घिमिरेले बिधालय शिक्षा बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नेछन् । 

सोही बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com